​बिराटलक्ष्मी बैंकले मुनाफा ३१ प्रतिशतले वृद्धि गरी ४ करोड कमायो

सोमबार, माघ १८, २०७२ साल,
काठमाडौं । बिराटलक्ष्मी बिकास बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासमा खुद मुनाफा गत वर्षको भन्दा ३१ दशमलव १५ प्रतिशतले वृद्धि गरी ४ करोड ६ लाख रुपैयाँ कमाउन सफल भएको छ भने गत वर्ष सोहि अवधिमा ३ करोड ९ लाख रुपैयाँ कमाएको थियो ।

बैंकले जगेडा कोषमा चालु आवमा ११ करोड ९४ लाख रुपैयाँ राखिएको छ । बैंकले निक्षेपमा १५ दशमलव ९४ प्रतिशत वृद्धि गरी ४ अर्ब ६२ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ जुन गत वर्ष सोहि अवधिमा ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ पुर्याएको थियो । कर्जा तर्फ ६ दशमलव २९ प्रतिशतले बढाएर २ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ पु¥याएकोे छ । गत बर्ष सोहि अवधिमा २ अर्ब ६२ करोड २३ लाख रुपैयाँ पु¥याएकोे थियो ।  

खुद व्याज आम्दानी १२ दशमलव ९६ प्रतिशतले वृद्धि भई ९ करोड ५५ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष सोहि अवधिमा ८ करोड ४५ लाख रुपैयाँ पुगेको थियो । बैंकको व्याज आम्दानी ५ दशमलव ४६ प्रतिशतले वृद्धि र व्याज खर्च शुन्य दशमलव ०१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सञ्चालन मुनाफा गत बर्षको भन्दा ३१ दशमलव ४५ प्रतिशतले वृद्धि भई ६ करोड ३९ लाख रुपैयाँ रहेको छ । बैंकले १७ लाख रुपैयाँ प्रोभिजन राखिएको छ ।

बैंकको दोस्रो त्रैमासमा प्रति शेयर आम्दानी वार्षिक १९ दशमलव १२ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात १६ दशमलव ७३ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय २८ दशमलव ०८ रुपैयाँ रहेको छ र तरलता अनुपात ४९ दशमलव १५ गुणा रहेको छ । जोखिम युक्त सम्पति १४ दशमलव ४३ प्रतिशत रहेको छ भने निष्कृय कर्जातर्फ शुन्य दशमलव ३९ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411