आजदेखि लोडसेडिङ फेरि बढ्यो, दैनिक १३ घण्टा बत्ती जाने (तालिका)

सोमबार, माघ १८, २०७२ साल,
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङको समय बढाएको छ । सोमबारदेखि लागू हुनेगरी प्राधिकरणले लोड सेडिङको तालिका सार्वजनिक गरेको छ । 
 
नयाँ तालिका अनुसार अब दैनिक १३ घण्टा विद्युत कटौती हुनेछ । यसअघि प्राधिकरणले दैनिक ११ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो । 

विद्युत वितरण प्रणालीको लोड अत्यधिक बढेको, नदीहरुमा जलस्तर घट्नेक्रम तिब्र रहेकाले लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ । 
 
भारतबाट विद्युत आयात गर्ने प्रयासमा रहेको प्राधिकरणले केही दिनसम्ममा बिजुली किन्ने र केही हदसम्म लोडसेडिङको मार कम हुने जनाएको छ । 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411