​स्थानीय निकाय पुनःसंरचना अयोग गठन गर्ने सरकारको तयारी

शुक्रबार, माघ १५, २०७२ साल,
बनेपा । उपप्रधान एवम् परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले फागुनको पहिलो साता स्थानीय निकाय पुनःसंरचना आयोग गठन हुने बताउनुभएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज धुलिखेलमा आयोजना गरेको अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा उहाँले सो अयोगले एक वर्षभित्रमा स्थानीय निकायको पुनःसंरचानाबारे प्रतिवेदन बुझाउने जानकारी दिनुभयो । 

नयाँ संविधानले संविधान जारी भएको छ महिनामा यस्तो आयोग गठन गर्ने प्रावधान राखेको उहाँको भनाइ थियो । 

उहाँले स्थानीय निकायको पुनःसंरचनाका लागि आयोगले तयार पारेको प्रतिवेदनले स्थानीय निकायलाई बलियो र नयाँ मार्ग निर्देश गर्ने जानकारी दिँदै नयाँ संविधानमा फरक विचार भएकालाई पनि सम्बोधन गर्ने प्रावधान रहेको बताउनुभयो । 

सो अवसरमा स्थानीय विकास सहायक मन्त्री विराटबहादुर विष्टले स्थानीय निकायको पुनःसंरचनाका बारेमा बोल्नुभएको थियो । 

गोष्ठीमा मध्यमाञ्चलको १९ जिल्लाका स्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृतको सहभागिता छ । रासस 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411