​स्विट्जरल्यान्डको सिँचाइमा पौने दुई अर्ब रुपैयाँ अनुदान

मंगलवार, माघ २७, २०७१ साल,
काठमाडौं माघ २७ गते । स्विट्जरल्याण्ड सरकारले साना सिँचाइ कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रू. एक अर्ब ७८ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा मङगलवार आयोजित एक कार्यक्रममा सोही मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा अर्स हेरेनले सो सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

कृषि उत्पादकत्व वृद्धि र कृषिमा आय बढाउने उक्त कार्यक्रमको लक्ष्य रहेको छ ।

आधारभूत सुविधाबाट वञ्चित ग्रामीण क्षेत्रका किसानहरुको जीवनयापन सुधार गराउनु उक्त कार्यक्रमको अर्को उद्देश्य हो ।

आगामी चार वर्षका लागि प्रदान गरिएको उक्त रकम रामेछाप, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, उदयपुर, अछाम, दैलेख, कालीकोट र जाजरकोटमा कार्यक्रम कार्यान्वयन गर्न उपलव्ध हुनेछ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यान्वयन गर्ने उक्त कार्यक्रमअन्तर्गत साना किसानले प्रवद्र्धन गरेका एक हजार ८ सय साना सिँचाइ योजनाको निर्माण एवम् सम्भार गरिनेछ ।

उक्त कार्यक्रमबाट १५ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने बताइएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411