​ग्लोबल आइएमई बैंकको शाखारहित सेवा सिन्धुपाल्चोक पनि

शुक्रबार, माघ १५, २०७२ साल,
काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि सिन्धुपाल्चोकको टेकनपुर गाविसमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

भूकम्पबाट प्रभावित गाविसहरुमा भविष्यको लागि बचत गर्ने बानीको बिकास गर्न तथा आधारभूत बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकको टेकनपुरमा सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको टेकनपुर गाविस गत बैशाख १२ गते आएको बिनाशकारी भूकम्प र त्यसपश्चात आएका पराकम्पनहरुबाट अति प्रभावित गाविस हो ।

सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा सुरु गरिएको सेवाका लागि बैंकले स्थानिय भुपेन्द्र श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।

व्यवसायीक प्रतिनिधिलाई मेसिन हस्तान्तरण गरेर ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एवम् व्यवसाय प्रवर्द्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले उक्त सेवाको उदघाटन गरे ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411