​‘भारतले इशारा नगरी मधेस आन्दोलन टुंगिदैन’

बिहीवार, माघ १४, २०७२ साल,
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतले इशारा नगरेसम्म मधेस आन्दोलन नरोकिने दाबी गरेका छन् । 

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले संविधान संशोधनपछि तराईको आन्दोलन केही शान्त भएपनि मागहरु थप्दै जारी राख्ने अवस्था रहेको बताए । 

‘तराई आन्दोलन संविधान संशोधन गरेपछि केही शान्त भए पनि अब मागहरु एकएक गर्दै थपिँदै जान्छन्’, उनले भने, ‘भारतले इशारा नगरेसम्म मधेस शान्त हुँदैन ।’

उनले हालै गरिएको संविधान संशोधन भारतको दबाबमै भएको टिप्पणी गर्दै नेपालमा फेरि सुगौली सन्धीको पुनराबृत्ति भएको जिकिर गरे । 

नेपालका कर्मचारीसहित विभिन्न पदमा रहेका २२ हजार सरकारी अधिकारीले भारतको तलब खाएर नेपालविरुद्ध षड्यन्त्र गरिरहेको उनको आरोप थियो । 

‘ठूलो संख्याका सरकारी कर्मचारी भारतको तलब खाएर नेपालको भन्दा भारतको भक्तिमा लागेका छन्’, उनले भने, ‘नेपालका सम्पूर्ण सूचना भारतलाई उपलब्ध गराउने गरेकाले देशमा अस्थिरता जारी छ ।’
 
हालसम्म सरकारमा गएका दल र प्रधानमन्त्री बनेकाहरुकै कारण नेपालमा भ्रष्ट्राचार मौलाएको उनको भनाइ थियो । 

चुनावताका कार्यकर्तालाई दिएका गलत आश्वासन पुरा गर्न गलत काम गर्ने परम्पराले नेपालमा भ्रष्ट्राचार घट्नुको साटो बढेको उनको दाबी थियो ।’
 
उनले बहुराष्ट्रिय कम्पनीहरुलाई नेपाली कामदार विदेश पठाएर गुण लगाएबापत पूर्वअर्थमन्त्री डा। रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेर नेपाली कामदार विदेश पठाउने काममा मद्दत गरेको समेत आरोप लगाए । 
 
उनले नेपाली कांग्रेसको महाधिवेशन पश्चात सरकार परिवर्तन हुने बताए । कांग्रेसको महाधिवेशन पश्चात कांग्रेसकै नेतृत्वमा मधेसवादी दल, एमाओबादी र अन्य दलसहितको सरकार निर्माण हुने सम्भावना बढेको उनको दावी थियो । 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411