भूकम्पबाट क्षतिको लगत सङ्कलन गर्ने जिम्मा ‘एनजीओे’लाई

बिहीवार, माघ १४, २०७२ साल,
गोरखा । वैशाखमा गएको ‘गोरखा भूकम्प’ले व्यक्तिगत घरमा पु¥याएको क्षतिबारे लगत सङ्कलन गर्ने जिम्मा एक गैरसरकारी संस्थालाई दिइएको छ । 

गोरखाका ६० गाविस र दुई नगरपालिकाभित्र रहेका व्यक्तिगत घरमा भूकम्पले पु¥याएको क्षति र आर्थिक, सामाजिक सूचना सङ्कलनको जिम्मा हर्ड नामक संस्थालाई दिइएको हो । 

केन्द्रिय तथ्याङक विभागले भूकम्पपीडितका घरको वास्तविक तथ्याङ्क सङ्कलनको जिम्मा उक्त एनजीओलाई दिएको छ । जिल्लास्थित लगत व्यवस्थापन समूहको समन्वयमा व्यक्तिगत घरको तथ्याङ्क सङ्कलनका लागि ६४ जना इन्जिनियरहरु गाउँ÷गाउँ जाँदैछन् । इन्जिनियरका साथमा एकजना सामाजिक परिचालक पनि हुने स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताउनुभयो । 

भूकम्पले पु¥याएको क्षतिको फोटोसहित दुई सदस्यीय टोलीले सूचना सङ्कलन गर्ने र कम्प्युटर सफ्टवेयर मार्फत केन्द्रीय तथ्याङ्क विभागमा पठाउने गिरीले बताउनुभयो । विश्व बैँक र ‘यूएओपीएस’ नामक संस्थाको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागको समन्वयमा हर्ड नामक संस्थाले भूकम्पको क्षतिको लगत सङ्कलन गर्ने भएको हो । 

जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्णय गरेरै पहिलो चरणमा इलाका नम्बर ८, ९, १०, ११ र १२ भित्रका ३२ वटा गाविसमा लगत सङ्कलन गर्न हर्डलाई जिम्मा दिएको छ । दुई सदस्यीय टोलीले ४५० देखि ५५० वटा घरधुरीका दरले लगत सङ्कलन गर्ने गिरीको भनाइ छ । कसरी लगत सङ्कलन गर्ने भन्नेबारे केन्द्रीय तथ्याङ्क विभागले इन्जिनियरलाई तालिम दिइसकेको छ भने सामाजिक परिचालकहरुलाई जिल्लामै दुई दिनको तालिम दिइन्छ । 

भूकम्पपछि घरधुरी सङ्ख्या बढेको र नक्कली भूकम्पपीडितले पनि सक्कली जसरी राहत तथा रकम बुझेको गुनासो बढेपछि पुनः अध्ययन गरेर घरधुरी सङ्ख्या पत्ता लगाउने तयारी गरिएको हो । विसं २०६८ सालमा गरिएको जनगणनामा १० प्रतिशत घरधुरी बढेको अनुमानसहित उक्त टोलीले गाउँ÷गाउँमा भूकम्पले पु¥याएको क्षतिको लगत सङ्कलन गर्नेछ । 

विसं २०६८ को गणनाअनुसार गोरखामा ६६ हजार ५१६ घरधुरी थिए । अहिले घरधुरीको सङ्ख्या बढेर ७१ हजार पुगेको अनुमान गरिएको छ । एकाघरमा बसेका तर सगोलमा खाना नखाने ९छुट्टिएर बसेका० घरमुलीको पनि लगत सङ्कलन गरिने गिरीको भनाइ छ । 

प्राधिकरणको कार्यालय खोल्ने तयारी 

भूकम्पपछिको भौतिक संरचना पुनःनिर्माण गर्न गोरखामा पुनःनिर्माण प्राधिकरणको कार्यालय खोल्ने तयारी गरिएको छ । गोरखा र धादिङ जिल्लाको पुनःनिर्माण हेर्नेगरी प्राधिकरणको कार्यालय स्थापना गर्न लागिएको हो । ‘कार्यालय राख्ने घरको खोजी गर्दैछौं’ प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भन्नुभयो, ‘पुनःनिर्माणको काम अघि बढाउन कार्यालय स्थापनाको तयारी छ ।’ कार्यालयमा सहसचिवस्तरको कर्मचारी प्रमुख रहने बताइएको छ । 

१९ गाविस भवन निर्माण गरिने 

जिल्लास्थित प्राविधिक कार्यालयले १९ वटा गाविस भवन निर्माण गर्ने भएको छ । भूकम्पले भवन क्षति हुँदा सेवाग्राहीको काम गर्न नसकिएको भन्दै अर्धस्थायी प्रकृतिको भवन निर्माण गर्न लागिएको प्राविधिक कार्यालयका प्रमुख सहदेवबहादुर भण्डारीले बताउनुभयो । 

स्थानीय विकास मन्त्रालयले पठाएको बजेट अनुसार चुम्चेत, बिही, हर्मी, थालाजुङ्लगायतका गाविस भवन निर्माण गर्न लागिएको हो । एउटा गाविस भवन निर्माणका लागि रु आठ लाख बजेट आउने भण्डारीको भनाइ छ । भूकम्पले गर्दा जिल्लाका अधिकांश गाविस भवन पनि भत्केका छन् । 

छानबिन गर्न १५ दिनको म्याद थप 

नक्कली भूकम्पपीडितले पनि सक्कली भूकम्पपीडितले जसरी रातो कार्ड र राहत बुझेपछि जिल्ला दैवीप्रकोप उद्धार समितिमा परेका नौहजार वटा निवेदनबारे छानबिन गर्न १५ दिनको म्याद थप गरिएको छ । गाविस र पालुङटार नगरपालिकाको छानबिन सम्पन्न गरेको टोलीले गोरखा नगरपालिकाको छानबिन भइरहेको जनाएको छ । 

जिल्ला सरकारी वकिल महेन्द्र थापाको नेतृत्वमा जिल्ला दैवीप्रकोप उद्धार समितिले गत असारमा छानबिन टोली गठन गरेको थियो । अझै एक हजारवटा निवेदन छानबिन गर्न बाँकी रहेको छ । छानबिनपछि पूर्णरुपमा घर क्षति भएकाहरुलाई रातो कार्ड, अस्थायी आवासको १५ हजार र न्यानो कपडाको १० हजार दिइने गिरीले बताउनुभयो । रासस

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411