​लक्ष्मी लघुवित्तले दास्रो त्रैमासमा कमायो २ करोड ४४ लाख

बिहीवार, माघ १४, २०७२ साल,
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था ले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा २ करोड ४४ लाख रुपैंया कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा लघुवित्तले नाफामा तिब्र सुधार गरेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले ७६ लाख ९० हजार रुपैंया खुद नाफा कमाएको थियो । पुस मसान्तसम्ममा २८ करोड ६० लाख रुपैंया निक्षेप संकलन तथा ९९ करोड १४ लाख रुपैंया कर्जा प्रवाह गरि लघुवित्तले ६ करोढ ३९ लाख रुपैंया खुद व्याज आम्दानी गरेको छ ।

सदस्यहरुबाट निक्षेप संकलनका क्रममा ८ देखि ८ दश्मलव ५ प्रतिशतका दरले व्याज दिंदै आएको लघुवित्तले १६ देखि २० प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्दै आएको छ ।

सञ्चालन मुनाफामा पनि सुधार गरेको लघुवित्तको निष्कृय कर्जा अनुपात १ दशमलव ११ प्रतिशत रहेको छ । ४४ रुपैंया ५१ पैसा प्रतिशेयर आम्दानी रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १ सय २९ रुपैंया ९३ पैसा रहेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411