​बन्द हडतालको मौका छोपी काठ तस्करी मौलाउँदै

बिहीवार, माघ १४, २०७२ साल,
लहान । संयुक्त मधेसी मोर्चाद्वारा घोषित आमहडतालको मौका छोपी केही समययता सिरहामा काठ तस्करी मौलाउँदै गएको छ । 

आमहडतालका कारण जिल्ला वन कार्यालय बन्द हुनु, इलाका वन र रेन्ज पोस्टका कर्मचारी कार्यालयमा नबस्नु र प्रहरी राजमार्ग केन्द्रित हुनुजस्ता कारणले सिरहामा काठ तस्करी मौलाउँदै गएको हो । उदयपुर र सिरहा जिल्लास्थित चुरे जङ्गलबाट कटान गरिएको साखुको काठ सिरहाको विभिन्न स्थानमा तस्करी हुँदै आएको छ । 

सहायक वन अधिकृत अमरेन्द्र यादवले बन्द र हडतालको मौका छोपेर चुरे जङ्गलबाट काठ तस्करी बढेको स्वीकार्दै आमहडतालका कारण जङ्गल क्षेत्रमा गस्ती गर्न नसक्दा काठ तस्कर सक्रिय भएको बताउनुभयो । 

चुरे जङ्गलबाट कटान गरिएका सालको गोलिया काठ सिरहाको मुक्सार क्षेत्र हुँदै ट्याक्टरको ट्रलीमा बालुवाले छोपेर गालेबजार, मिर्चैयाँ, चोहर्वा लगायतका स्थानका स–मिल तथा फर्निचरमा पु¥याउने गरिएको स्थानीयवासीले बताएका छन् । रासस 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411