​माछापुछ्रे बैंकले हकप्रदमा नबिकेको २ लाख ७६ हजार कित्ता शेयर लिलामीमा बेच्यो

बिहीवार, माघ १४, २०७२ साल,
काठमाडौं । माछापुछ्रे बैंकले निष्काशन गरेको हकप्रद शेयरमा बैंकका लगानीकर्ताले आवेदन नदिए पछि लिलामीमा गएको कुल २ लाख ७६ हजार ५ सय ९४ कित्ता शेयर लिलामीमा बिक्रि गरेको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले सबै शेयर बिक्रि भएको जनाएको हो ।

 साधारण शेयर तर्फको २ लाख २ लाख ३३ हजार ९ सय ८३ दशमलव ७९ कित्ता शेयरका लागि ८ सय ३३ जनाले आवेदन दिएको नबिल इन्भेष्टमेण्टका अधिकारीले जानकारी दिउका छन् । उनका अनुसार प्रतिकित्ता शेयरका लागि न्युनतम ५ सय २५ रुपैंयादेखि ६ सय १ रुपैंयासम्मको आवेदन परेको छ । बैंकको साधारण शेयर लिलामीमा धेरै मात्रामा खरिद गर्ने व्यक्ति तथा संस्थाको बारेमा भने बैंकिंगले केही खुलाउन चाहेन ।

त्यसै गरि ४२ हजार ६ सय ११ दशमलव ६५ कित्ता संस्थापक शेयरका लागि ३५ वटा आवेदन परेको बैंकिंगले जनाएको छ । उसका अनुसार आवेदकहरुले प्रतिकित्ता शेयरका लागि न्युनतम ३ सय १२ रुपैंया २० पैसादेखि ३ सय ५० रुपैंया ८७ पैसासम्म लगानी गर्न तयार भएका छन् ।

गत अशोज १७ गतेदेखि बैंकले ५ बराबर १ अर्थात २० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । २ पटकसम्म म्याद थप गर्दा पनि लगानीकर्ताले माग गरे अनुरुपको आवेदन नगरे पछि पुस ३० देखि माघ १० गतेसम्म हकप्रदमा नबिकेको शेयरको लिलाममा बिक्रि सुरु गरेको थियो ।

२ अर्ब ७७ करोड रुपैंया चुक्ता पूँजी भएको बैंकले हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ३ अर्ब ३३ करोड रुपैंया पुग्ने छ भने लिलामका क्रममा जम्मा भएको अरु रकम बैंकको जगेडा कोषमा जम्मा हुने छ । 

अन्तिम पटक गत अशोज ५ गते बैंकको प्रतिकित्ता शेयर ५ सय ४० रुपैंयामा किनबेच भएको थियो । उक्त दिन नै जनता बैंकसंग मर्जरमा जाने सम्झौता गरे पछि बैंकको शेयर कारोबार रोक्का भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411