​चाउमिन उद्योगबाट आकर्षक आम्दानी

बुद्धबार, माघ १३, २०७२ साल,
म्याग्दी । जिल्लाको रुम गाविस– ६ जेमका एक युवाले वैदेशिक रोजगारी त्यागेर सुरु गरेको चाउमिन उद्योगबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । 

दरबाङ बजारमा ‘आशिष एण्ड आशा’ उद्योग सञ्चालन गरेका २७ वर्षीय प्रेम रोकाले मनग्य आम्दानी गर्नुभएको छ । भारतबाट फर्किएपछि उहाँले चाउमिन उद्योग सञ्चालन गरी बिक्री गर्न थाल्नुभएको छ । ‘‘सुरुमा लगानी जुटाउन गाह्रो भयो । अहिले मासिक रु एक लाख बढीको चाउमिन बिक्री गरिरहेको छु” रोकाले भन्नुभयो । चाउमिन प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ । 

उद्योगले दैनिक ४० किलोदेखि १०० किलोसम्म चाउमिन उत्पादन गर्छ । रु चार लाख लगानी गरेर जेनेरेटर, पीठो पेल्ने मेसिन, मिक्चरलगायतका उपकरण खरिद गरी सुरु गरेको सो उद्योगबाट मासिक रु ३० हजारदेखि रु ३५ हजारसम्म आम्दानी हुने गरेको छ । “छोराछोरी पढाउन र घरखर्च चलाउन सहज भएको छ । चाउमिन बिक्रीबाट भएको आम्दानीले बैँकबाट लिएको ऋण समेत तिर्दै आएको छु” उहाँले भन्नुभयो । उत्पादन गरेको चाउमिन दरबाङ, रुम, सिवाङ, खिवाङ, मुदी, ताकम, मुनालगायतका स्थानमा बिक्री हुने गरेको छ । 

उद्योग सञ्चालनको क्रममा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी)ले मिक्चर खरिदमा रु १८ हजार सहयोग गरेको थियो । उहाँसित आगोमा पकाएर चाउमिन बनाउनुपर्ने बाध्यता रहेको छ । “विद्युतीय मेसिन किन्न सकेको छैन, कतैबाट सहयोग पाउन सकेमा सहज हुन्थ्योे” रोकाले भन्नुभयो । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411