​व्यवसायी विन्दलको अपहरणमा संलग्न ५ जना पक्राउ, गोली हानाहानमा २ घाइते विशाल

शुक्रबार, माघ २३, २०७१ साल,
झापा, माघ २३ गते । विर्तामोडका अलौंची व्यवसायी सुनिलकुमार विन्दलको अपहरणमा संलग्नु ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको धरमपुर–२ स्थित हर्क कन्दङ्वाको घरबाट प्रहरीले उनीहरुलाई शुक्रबार पक्रेको हो ।

पक्राउ पर्नेमा मेचीनगर–१० का बजरंग पन्सारी, विर्तामोड–७ का केशव फुयाँल, भारत आसामका राजकुमार थापा, फौद तामाङ र धरमपुर पारावारीका भुवन कार्की रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले अपहरित व्यवसायी विन्दललाई पनि सकुशल मुक्त गराएको छ । ‘अपहरणकारी’का साथबाट दुई थान पेस्तोल र सो पेस्तोलमा लाग्ने १० राउन्ड गोलीसमेत बरामद गरेको छ ।

त्यसक्रममा ‘अपहरणकारी’ र प्रहरीबीच गोली हानाहान हुँदा एक ‘अपहरणकारी’ र एक प्रहरी घाइते भएका बताइएको छ । व्यवसायी विन्दल माघ १८ गते झापाको काँकडभिट्टाबाट अपहरणमा परेका थिए ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411