पोखरीमा विष हालिदिँदा पाँच लाखका माछा मरे

शुक्रबार, माघ २३, २०७१ साल,
महोत्तरी, माघ २३ गते । महोत्तरीको प्रकौली गाविस– ५ स्थित एक पोखरीमा गएराति अज्ञात समूहले विषादी हालिदिँदा पाँच लाख रुपैयाँ बराबरको माछा नष्ट भएको छ ।

प्रकौली– ५ बस्ने बजरङ्ग यादवको पोखरीमा गएराति अज्ञात समूहले विषादी हालिदिँदा करिब छ क्विन्टल माछा नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

करिब एक बिगाहा क्षेत्रफल रहेको सो पोखरीमा पालिएको रहु, भकुरा, बोवारी, नैनी, कमल, ग्राँसकाँटलगायतका माछा नष्ट भएको यादवले बताए ।

पीडित यादवले पोखरीमा विषादी हाल्ने समूहलाई समातेर कडाभन्दा कडा कानुनी कारबाहीको लागि प्रहरीसमक्ष अनुरोध गरे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले पोखरीमा विषादी हालेको समूहको खोजी भइरहेको बताए । रासस

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411