​दर्जन बढी ठूला आयोजना अलपत्र

बिहीवार, माघ ७, २०७२ साल,
परासी । नदीजन्य निर्माण सामग्री ९ढुङ्गा, गिट्टी, बालुवा० को चर्को अभाव हँुदा जिल्लामा सञ्चालित एक दर्जन बढी ठूला आयोजना अलपत्र परेका छन् । 

चालु आवमा नदीजन्य वस्तुको ठेक्का लाग्न नसक्दा निर्माण सामग्रीको अभाव भएको हो । रु सात करोडको लगानीमा निर्माणाधीन दलदले–धौवादी सडक स्तरोन्नति, रु १२ करोडको लगानीमा पञ्चनगर–महेशपुर सडक, रु १० करोडको महेशपुर–त्रिवेणी सडक स्तरोन्नति, रु १२ करोडको धुर्कोट–बेनीमणिपुर सडक स्तरोन्नतिलगायत आयोजना निर्माण सामग्रीको अभावमा अलपत्र परेका हुन् । 

निर्माण सामग्रीको अभावमा ठूला र साना गरी जिल्लामा करिब रु चार अर्ब बराबरको विकास निर्माणका आयोजना अलपत्र परेको निर्माण व्यवसायी सङ्घका अध्यक्ष एवम् महासङ्घका केन्द्रीय सदस्य माधव घिमिरले जानकारी दिनुभयो । 

जिविसले समयमै खोला, नालाको ठेक्का लगाउन नसक्दा निर्माण सामग्रीको अपूर्ति बन्द भएकै कारण जिल्लामा चालु भएका विकास निर्माणका काम प्रभावित बनेका हुन् । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411