​कैलास विकास, मेट्रो डेभलपमेन्ट र नेपाल एक्सप्रेसले मर्जरका सैतान्तिक सहमति पाए

मंगलवार, माघ ५, २०७२ साल,
काठमाडौं । नपाल राष्ट्र बैंकले कैलास विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स गाभिने सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्रीय बैंकको सोमबार साँझ बसेको बैठकले कैलाससँग अरु दुई संस्था गाभिन स्वीकृति दिएको हो ।

सैद्धान्तिक सहमतिसँगै तीन वटै संस्थाको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन ९डिडिए० को काम अगाडि वढ्ने छ । डिडिएले गाभिन स्वाप रेसियो तय गरेपछि तीन वटै संस्था अन्तिम स्वीकृतिका लागि  राष्ट्र बैंक जाने छन् ।

तीन वटै संस्था चैत मसान्तभित्र गाभिएर बैशाखबाट एकिकृत कारोबार गर्ने योजनामा छन् । २०७२ असारको वित्तीय विवरण अनुसार तीन वटै संस्था गाभिएपछि पुँजी दुई अर्ब नाघ्ने छ । निक्षेप १२ अर्ब ३० करोड, कर्जा १० अर्ब ७७ करोड र शाखा ३८ पुग्ने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411