​कक्षा ११ को परीक्षाफल सार्वजनिक, ४९.२० प्रतिशत विद्यार्थी उत्तीर्ण

बिहीवार, पौष ३०, २०७२ साल,
भक्तपुर । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले कक्षा ११ को परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उच्च माध्यमिक परिषद्का उपाध्यक्ष डा चैतन्य शर्माले बताए ।

कक्षा ११ को परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ९ सय १६ परीक्षार्थी उत्तीर्ण भएको शर्माले बताए । जसमा ४ परिक्षार्थीको परीक्षा स्थगित गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्ध गरिएको परिषद्ले जनाएको छ ।

आंशिक तर्फ भने १ लाख २६ हजार ९ सय ३० परीक्षार्थी सहभागी मध्ये ४३ हजार ९ सय ८३ अर्थात ३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको उनले बताए । आंशिक परीक्षार्थी मध्ये ५ को परीक्षा स्थगित गरिएको छ भने ३५ को परीक्षाफल रद्ध भएको परिषद्ले जनाएको छ ।

गतवर्ष ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकोमा यसवर्ष उत्तीर्ण प्रतिशत बढेको शर्माले बताए । एक विषयमा अनुतिर्ण भएका परीक्षार्थीका लागि माघ २९ गते परीक्षा लिइने परिषदले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411