कञ्चनपुर । गर्भवती आमा र शिशुको पोषणमा सुधार ल्याउन कञ्चनपुरमा आमाहरुलाई कुखुरा वितरण गरिएको छ ।
जिल्लाका दैजी, कृष्णपुर, रैकवार विचवा, बाइसे विचवा र शङ्करपुर गाविसका नमुना वडाबाट छनोट गरिएका ४५ आमालाई १० वटाका दरले कुखुरा वितरण गरिएको हो । कुखुरापालन गरेर अन्डा खाने बानीको विकास गर्नका लागि कुखुरा वितरण गरिएको सुआरा कार्यक्रम कञ्चनपुरका संयोजक हेमा पराजुलीले भन्नुभयो– “एक हजार दिनमा आमा र शिशुको पोषणमा सुधार ल्याउन कुुखुरा वितरण गरेका छौँ ।”
ग्रामीण क्षेत्रका आमाहरु पौष्टिक आहाराको कमीका कारण जोखिममा रहेकाले पोषणमा सुधार ल्याउन कुखुरा वितरण गर्र्ने कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । कुखुरा वितरणसँगै गर्भवती आमाहरुलाई पौष्टिक आहारा खानका लागि जनचेतना दिने कार्यसमेत गरिँदै आएको उहाँले बताउनुभयो । रासस
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »