​सेयर बजारमा सामान्य गिरावट, साढे ४५ करोडको कारोवार

सोमबार, माघ १९, २०७१ साल,
काठमाडौं, माघ १९ । सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । नेप्से परिसुचक शुन्य दशमवल ६८ अंकले घटेर ९९० दशमलव ७८ अंकमा झरेको हो । क वर्गका कम्पनी सूचिकृत सेन्सेटिभ इन्डेक्स समेत शुन्य दशमवल ३३ अंकले घटेर २११ दशमलव ९१ अंकमा झरेको छ ।

साताको दोस्रो दिन बैंक, होटल र जलविद्युतका लगानीकर्ताले गुमाएका हुन् । सबै भन्दा बढि युनाइटेड फाइनान्सका लगानीकर्ताले ६ दशमवल १३ प्रतिशत रकम गुमाएका छन् ।

तारागाउँ रिजेन्सी होटलको सेयर मुल्य समेत ५ दशमलव ५१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मुल्य १६ रुपैयाँले घटेर दुई सय ७४ रुपैयाँमा झरेको हो । बाणिज्य बैंकमा प्रभु बैंकका लगानीकर्ताले २ दशमलव ६६ प्रतिशत गुमाएका छन् । हिमालयन बैंकका लगानीकर्ताले समेत २ दशमवल ६२ प्रतिशत गुमाएका छन् ।

सोमबार सर्वाधिक कमाउनेमा तिनाउ विकास बैंकका लगानीकर्ता रहे । यो कम्पनीको सेयर मूल्य १० प्रतिशले बढेर ३ सय ७ रुपैयाँ पुगेको छ । यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर समेत ९ दशमलव ९७ प्रतिशले बढेको छ । ९ प्रतिशत भन्दा धेरै कमाउनेमा सिद्दार्थ फाइनान्स र सिनर्जी फाइनान्सका लगानीकर्ता पनि छन् ।

सोमबार नेप्सेमा १ सय ४६ कम्पनीको ४५ करोड ५४ लाख रुपैयाँ बराबरको १३ लाख ३९ हजार कित्ता सेयर कारोवार भयो । सबै भन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको ३ लाख २४ हजार कित्ता प्रमोटर सेयर कारोबार भएको छ । राष्ट्रिय बाणिज्य बैंकले बिक्रि गरेको इन्भेष्टमेन्ट बैकको प्रमोटर सेयर नेप्से मार्फत कारोबार भएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411