​डेढ सयदेखि हजार रुपैयाँसम्मका जुत्ता छानी छानी

सोमबार, माघ १९, २०७१ साल,
काठमाडौं, माघ १९ । डेढसय रुपैयाँमा जुत्ता पाइएला रु बजारमा खोजी हिँड्ने हो भने डेढ दिनसम्म पनि नटिक्ने खालको त पाउन सकिएला । तर बलियो र टिकाउ हुने जुत्ता पनि सस्तोमा पाउन सकिने व्यवसायीहरुको भनाई छ । यसको लागि ठूला बजारमा होइन, मेलामा जानुपर्छ ।

काठमाडौंको भृकुटीमण्डपमा माघ २१ देखि फागुन ६ गतेसम्म हुने जुत्ता मेलामा डेढ सयदेखि हजार रुपैयाँसम्मका जुत्ता किन्न पाइने आयोजकले जनाएको छ । मेलाको आयोजक जुत्ता घरका अनुसार १५ दिनसम्म चल्ने प्रदर्शनीमा शिखर, बिएफ डियरहिल, स्काइ, क्रस रोड, कोसेली, लेदर विङ्स, टाकुरा, सफटच र शु ल्याण्ड गरी ९ वटा जुत्ता चप्पल राखिनेछन् ।

नेपाली जुत्ता उद्योगहरुबाट उत्पादित गुणस्तरीय जुत्ता चप्पलहरु वार्षिक रुपमा निश्चित समयको लागि १५ देखि ७५ प्रतिशतसम्मको विशेष छुट र सहुलियत दरमा किन्न पाइन्छ । मेलामा झण्डै ८० देखि ९० हजारको हाराहारीमा अवलोकनकर्ता पुग्ने र झण्डै ३० देखि ३० हजार जोर जुत्ता चप्पल बिक्री हुने आयोजकले अपेक्षा गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411