सुनकोसी जलविद्युत् आयोजना बनाउन दबाब

सोमबार, माघ १९, २०७१ साल,
काठमाडौ, माघ १९ गते ।  सरोकारवालाहरूले सुनकोसी दोस्रो र तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि दबाब दिएका छन् । काभ्रे, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका सभासद्, पूर्वसभासद्, राजनीतिक पार्टीका प्रतिनिधिलगायत जनप्रतिनिधि र सरोकारवालाहरूको सहभागितामा गठित सुनकोसी जलविद्युत् आयोजना निर्माण सघाउ अभियानले यस्तो दबाब दिएको हो । उक्त अभियानको एक टोलीले आइतबार सुनकोसी दोस्रो र तेस्रो आयोजना अघि बढाउनका माग गर्दै अर्थमन्त्री रामशरण महत, ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेललाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

टोलीमा अभियानका संयोजक जनार्दन नेपालसहित सभासद्हरू शिवबहादुर खड्का, विदुर सापकोटा, श्याम श्रेष्ठ, पूर्वसभासद् डिल्लीमान तामाङ, राजनीतिक दलका प्रतिनिधि रामचन्द्र खड्का, शंखबुद्ध लामालगायत व्यक्तिहरू थिए । जाइकाले बीपी राजमार्गको केही भाग डुब्ने कारण देखाएर ती आयोजनाको अध्ययन अघि नबढाउन चाहेको भन्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

'नेपालको राष्ट्रिय आवश्यकता र गौरवसँग जोडिएका यी आयोजना यथावत् कार्यान्वयन गराइदिनुहुन अनुरोध गर्दछौं,' ज्ञापनपत्रमा उल्लेख छ ।

काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा निर्माण हुन लागेको सुनकोसी तेस्रोको क्षमता ५ सय ३६ मेगावाट र सुनकोसी दोस्राको क्षमता १ हजार १ सय १० मेगावाट छ । यी आयोजनाको अध्ययनका लागि एसियाली विकास बैंक (एडीबी) र अर्थ मन्त्रालयबीच सम्झौता भइसकेको छ भने सरकारको चालू आर्थिक वर्षको बजेटमा पनि यी आयोजना प्राथमिकतामा परेका छन् । जाइकाले नै सन् १९८३ देखि ८५ मा जलाशययुक्त यी आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । सन् २०१२ मा जाइकाले विद्युत् प्राधिकरणसँग संयुक्त रूपमा बनाएको जलाशययुक्त आयोजनाको गुरुयोजनामाअनुसार सुनकोसी तेस्रो उत्कृष्ट दस जलाशययुक्त आयोजनाभित्र पर्छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411