​पाँच अंकले बढ्यो नेप्से, ३६ करोडको कारोबार, प्रभू बैंकको पौने ६ करोडको कारोबार

आईतवार, माघ १८, २०७१ साल,
काठमाडौं माघ १८ गते । साताको पहिलो दिन आइतबार ४.७८ अंकले बढेर नेप्से परिसूचक ९ सय ९१.४४ अंकमा पुगेको छ ।

यो दिनको कारोबारबाट वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र अन्य समूहका सूचक बढेका छन भने होटल, जलविद्युत, बीमा र उत्पादनमूल समुहका सूचक घटेका छन ।

आइतबार १ सय ४९ कम्पनीका १० लाख ४२ हजार कित्ता सेयर ३७ करोड ७२ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो दिन प्रभू बैंकको ५ करोड ७२ लाख रुपैयाँको किनबेच भएको एक्सचेञ्जले जनाएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ३६ लाख रुपैयाँको प्रोमोटर सेयर, एभरेष्ट बैंकको २ करोड १९ लाख रुपैयाँको, नेपाल बैंकको १ करोड १९ लाख रुपैयाँ, सेञ्चुरी बैंकको १ करोड २४ लाख र ग्लोबल आइएमई बैंको १ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411