​बायोग्यास प्लान्टको प्रवद्र्धन कार्यक्रमलाई मुलुकभर सञ्चालन गर्ने

आईतवार, माघ १८, २०७१ साल,
​काठमाडौं माघ १८ गते । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विश्व बैैङ्कको सहयोगमा ठूलोे क्षमताका बायोग्यास प्लान्टको प्रवद्र्धन कार्यक्रमलाई मुलुकभर सञ्चालन गर्ने भएको छ ।

नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्र्तगत व्यावसायिक र नगरक्षेत्रका जैविक फोहोरको प्रयोग गरी ठूलोे क्षमताका बायोग्यास प्लान्टबाट ग्यास निकाल्ने र निस्किएको ग्यासबाट विद्युतीकरण गर्ने कार्यक्रम अगाडि सारेको हो । सो कार्यक्रम अगाडि बढाउनका लागि नेपाल सरकार र विश्व बैङ्कले गत मङ्सिरमा  सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो ।

जैविक पदार्थ र फोहोरमैलाबाट ऊर्जा निकाल्ने प्रविधिलाई मुलुक सुहाउँदो बनाउनका लागि केन्द्रले आवश्यक तयारी गरिरहेको जानकारी दिँदै केन्द्रका सूचना अधिकृत कृष्णचन्द्र पौडेलले यो परियोजना नेपालका लागि नयाँ हुने बताए । सो योजनामा पोल्ट्रिफर्म, पशुफार्म, खाद्य उद्योग, मदिराजन्य उद्योग, होटल रेष्टुरेन्ट र नगरक्षेत्रको जैविक फोहोरबाट विद्युत वा ग्यास उत्पादन गरिनेछ । कार्यक्रममार्फत् फोहोर व्यवस्थापनका साथै ऊर्जा उत्पादन हुने तथा ऊर्जाले आर्थिक क्रियाकलाप वृद्धिमा समेत सहयोग पुयाउने लक्ष्य केन्द्रले राखेको छ ।

केन्द्रले यसअघि विराटनगर उपमहानगरपालिकासँगको सहकार्यमा नगरक्षेत्रको जैविक फोहोरबाट ऊर्जा उत्पादन गर्ने कार्यक्रम शुरु गरिसकेको छ ।  काठमाडौँ उपत्यकाभित्र उत्पादित फोहोरलाई समेत जैविक ऊर्जामा प्रयोग गर्न सकिने सूचना अधिकृत पौडेलको भनाइ छ । नेपालमा १२ घनमिटरभन्दा ठूलो वायोग्यास प्लान्टलाई ठूलोे क्षमताका बायोग्यासका रुपमा लिने गरिएको छ ।

नेपालमा बायोग्यास प्रवद्र्धनको ६० वर्ष लामो इतिहास रहेको सन्दर्भमा बृहत् कार्यक्रम अगाडि सारिएको केन्द्रले जानकारी दिएको छ । मुलुकभर हाल तीन लाखभन्दा बढी घरायसी बायोग्यास प्लान्ट निर्माण भई सञ्चालनमा छन् । - रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411