नेपालले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का

बुद्धबार, माघ १४, २०७१ साल,

काठमाडौं  १४ माघ । नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का भएको छ। बुधबार दुबईमा बसेको आइसीसी बोर्ड बैठकले केन्या र नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो। नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा माथिल्लो स्तरका टोलिविरूद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल डिभिजन १ को हैसियतमा  विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाएको हो। 

शनिबार नामिबियामा सम्पन्न डिभिजन २ मा नेपाल चौथो स्थानमा सीमित भएको थियो। ६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो।

नामिबियाको प्रतियोगिताबाट शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउँछन्। आइसिसीका विकास निर्देशकहरूले भने डिभिजन २ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा समावेश गर्ने आइसीसीले जनाएको छ।

आईसीसीले डिभिजन वानको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई सन् २०१९ को विश्वकपका लागि छनोट गरेपछि नेपाल र केन्याले मौका पाएका हुन्।
 
अफगानिस्तान र आयरल्याण्डले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने छैन। उक्त स्थानमा हालै नामिबियामा सम्पन्न डिभिजन टूको तेस्रो केन्या र चौथो नेपाल छनोट भएको छ।
 
अब नेपाल र केन्याले हङकङ, नामिबिया, नेदरल्याण्ड, पपुवा न्यूगिनी, स्कटल्याण्ड र युएईसँग वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ , जुन दुई वर्षे हुनेछ। यो अवधिमा नेपालले प्रत्येक टीमसँग दुई(दुई खेल खेल्नेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411