​जोन प्लेयर्सको ब्रान्डेड आउटलेट मानभवन, ललितपुरमा

बुद्धबार, माघ १४, २०७१ साल,
काठमाडौं माघ १४ । जोन प्लेयर्स सूर्य नेपालको अन्तर्राष्ट्रियस्तर, स्टाइल र उत्कृष्ट बनोटको सम्मिश्रण रहेको पुरुष पहिरनको लागि नेपालको अग्रणी ब्रान्डले आफ्नो एक्सक्लुसिभ ब्रान्डेड आउटलेट मानभवन, ललितपुरमा शुभारम्भ गरेको छ।
 
आफ्ना ग्राहकलाई उत्कृष्ट सन्तुष्टि दिने अभिप्रायले सुरु गरिएको एक्सक्लुसिभ ब्रान्डेड आउटलेटमा जोन प्लेयर्सका समय सापेक्षिक पहिरनको सँगालो छन्। साथै नयाँ स्टाइल, उत्तम बनोट र आकर्षक रंगले सजिएका पहिरन उपलब्ध छन्। 
 
नयाँ एक्सक्लुसिभ ब्रान्डेड आउटलेटमा हरेक उपलक्ष्यको निमित्त प्रयोग गर्न सकिने जोन प्लेयर्सका क्याज्युलरफर्मल कमिज, पाइन्ट तथा टी-सर्ट उपलब्ध छन्। 
 
हरेक पहिरनमा आराम तथा स्टाइल रुचाउने पुरुषलाई, यस शोरु ममा उपलब्ध संग्रहले सन्तुष्टि दिलाउनेछ। सूर्य नेपालले ब्लुबर्ड मल दरबारमार्ग, सिभिलमल सुनधारा, सिटी सेन्टर कमलपोखरीमा आफ्ना एक्सक्लुसिभ ब्रान्डेड आउटलेट्स (ईबीओ) सञ्चालनमा ल्याइसकेको छ। 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411