​गण्डकी विकास बैंकको पुस मसान्तसम्म नाफा साढे ६ करोड

बुद्धबार, माघ १४, २०७१ साल,
काठमाडौं माघ १४ । पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्व ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकले ६ करोड ५८ लाख रुपैयाँ संचालन नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको भन्दा ४१.०४ प्रतिशतले बढी हो । यो वर्षको पुस मसान्तसम्ममा कूल कर्जामा खराब कर्जाको अनुपात ०.४५ प्रतिशत छ ।

त्यस्तै बैंक माघ १२ गते देखि एघारौं बर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ । सो अवसरमा बैंकले रक्तदान कार्यक्रमका साथै पोखरा बृद्धाश्रममा बृद्धबृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411