​बिहे हुन तीन दिनअघि बेहुलीले आत्महत्या

बुद्धबार, माघ १४, २०७१ साल,
झापा २०७१ माघ १४ । बिहे हुन तीन दिनअघि शनिअर्जुन नगरपालिका–४, लक्ष्मीपुरकी बेहुली कल्पना घिमिरेले झुण्डिएर आत्महत्या गरेकी छिन् । 
 
माइतीघरबाट अन्मेर पतिको घर जान लागेकी २१ वर्षीया घिमिरे रेडियो सन्देश, सुरुङ्गाकी पूर्व कार्यक्रम सञ्चालिका हुन् । 
 
कनकाई नगरपालिका–१, सुरुङ्गाका एक युवकसँग घिमिरेको माघ १७ गते बिहे हुने निश्चित भएको थियो । केही दिनअघि फूलमाला समेत गरेका दुवै परिवारले आफन्त र छिमेकमा निम्तो कार्डसमेत बाँडिसकेका थिए । 
 
सोमबार दिनभर बिहेका कपडा किनमेल गरेकी घिमिरे मंगलबार बिहान ४ बजे शौचालय जान्छु भन्दै घर बाहिर निस्किएकी थिइन् ।
 
शौचालय गएकी छोरी लामो समयसम्म नफर्केपछि हेर्न जाँदा घर छेउकै एक कुनामा सलको पासो लगाई झुण्डिएको अवस्थामा उनी फेला परेको आमा मञ्जुु घिमिरेले बताइन् । मृतक घिमिरे मनकमना कलेज विर्तामोडमा बीएमा अध्ययनरत थिइन् ।  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411