नेप्से ६ अंकले बढ्यो

मंगलवार, माघ १३, २०७१ साल,
काठमाडौं माघ १३ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार ६ अंकले बढेको छ।  सुरुदेखि नै बढ्दो क्रममा रहेको बजार मंगलबार ६ दशमलप ५१ अंकले बढेको सूचक नौसय ७५ अंक पुगेको छ।
 
बैंकिङ, होटल, विकास बैंक, फाइनान्स र अन्य समूहको सूचक बढेको दिन जलविद्युत, बीमा र उत्पादन समूहको सूचक भने ओरालो लागेको छ। मंगलबार सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक सेयर किनबेच भएको छ भने प्रभुकै साधारण सेयर पनि चार करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ।

वाणिज्य बैंक समूहको सूचक नौ अंकले बढेको छ। यस्तै होटल समूहको आठ अंकले बढेको छ भने विकास बैंकको पनि सात अंकले सुध्रिएको छ। मंगलबार सबैभन्दा धेरै बीमा समूहको सूचक ११ अंकले घटेको छ ।

दुईहजार ६ सय ४६ कारोबारबाट कूल एकसय ५२ कम्पनीको ३२ लाख ५२ हजार कित्ता सेयर ५१ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ ।
 
प्रभु बैंकको संस्थापक सेयर २२ करोड २८ लाख रुपैयाँमा किनबेच भएको छ। यस्तै प्रभु बैंककै साधारण सेयर पनि चार करोड १६ लाख रुपैयाँ बराबरको किनबेच भएको छ। यस्तै धेरै कारोबार हुने कम्पनीको सूचीमा सेच्नुरी कमर्सियल बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक तथा हिमालयन बैंक लिमिटेडको सेयर पनि धेरै किनबेच हुने कम्पनीको सूचीमा अग्रस्थानमा रहेका छन् ।
 
मंगलबार सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस्तै झिमरुक विकास बैंक, सिभिक डेपलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक तथा हाम्रो विकास बैंकका लगानीकर्ताले धेरै कमाएको दिन कर्णाली डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, लुम्बिनी फाइनान्स तथा शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ता धेरै गुमाउनेको सूचीमा अगाडि रहेका छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411