​सानिमा बैंक २७ करोड ८१ लाख रुपैयाँ नाफामा

सोमबार, माघ १२, २०७१ साल,
काठमाडौं माघ १२ । सानिमा बैंकले चालू आवको पुस मसान्तसम्ममा २७ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्षको पुस मसान्तको भन्दा यो पुस मसान्तमा बैंकले १७ करोड रुपैयाँ बढी खुद व्याज आम्दानी गरेपछि बैंकको नाफा बढेको हो । २०७० पुसमा ३६ करोड २७ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले २०७१ पुसमा ५३ करोड ७६ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ ।

गत वर्ष र यो वर्ष बैंकको राइटव्याक अत्यन्तै न्यून छ । बैंकको नाफाको मुख्य आधार नै व्याज आम्दानीमा भएको वृद्धि हो ।

यो पुसमा बैंकले ३० अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ८९ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १९ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

कूल कर्जा प्रवाहमा खराब कर्जाको मात्रा ०.४ प्रतिशत छ । यो सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा कम हो । गत वर्षको पुस मसान्तमा बैंकको खराब कर्जा ०.१० प्रतिशत थियो ।

गत वर्षको पुसमा ४.१२ प्रतिशत रहेको स्प्रेड दर यो पुसमा केही बढेर ४।६१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ०१ पैसा छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411