​नेप्से करिव १० अंकले बढ्यो, इन्भेष्टमेन्ट बैंकको मात्र ८२ करोडको कारोबार

आईतवार, माघ ११, २०७१ साल,
काठमाडौं माघ ११ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९.८१ अंकले बढेको छ । जलविद्युत् र उत्पादनमूलक समूहवाहेक सबै सुचकहरु उकालो लागेको छ । बैंकिङ, होटल, बिमा, अन्य र विकास बैंक सुचक धेरै अंकले बढेको छ । फाइनान्स सुचक पनि सामान्य बढेको छ ।

इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरवाहेक पनि अन्य सेयरहरु २६ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । इन्भेष्टमेन्ट बैंकको मात्र ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा १३९ कम्पनीका २६ लाख ९० हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरवाहेक सबैभन्दा वढी हिमालनय बैंकको एक करोड ४४ लाख, चिलिमेको एक करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

नबिल बैंकको पनि संस्थापक सेयर किनबेच भएको छ । आइतबार नबिलको एक करोड १८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो ।

बजार वढेसँगै सबैभन्दा वढी विजिनेस युनिर्सल डेभलपमेन्ट बैंक, मालिका विकास बैंक, भार्गव विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंकलगायतका लगानीकर्ताले कमाएका छन् ।

गुमाउनेमा हिमालयन डिस्ट्रिलरी, प्रभु बैंक संस्थापक, काण्ठमण्डप डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्टलगायतका लगानीकर्ता छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411