​ग्याससहित पेट्रोल–डिजेल सोमबार कहाँबाट कति भित्रियो ?

सोमबार, मंसिर २८, २०७२ साल,
काठमाडौं । भारतसँगका केही सीमानाकाहरु आयात पछिल्लो दिनमा खुकुलो बन्दै गएको छ । सोमबार साँझसम्म झापाको काँकड्भिट्टाबाट नाकाबाट ११ ट्यांकर डिजेल, ३ ट्यांकर पेट्रोल, १ हवाई इन्धनसहित ६७ ओटा मालबाहक गाडी नेपाल भित्रिएका छन् ।

यस्तै विराटनगर–जोगबनी नाकाबाट सोमबार दिनभरमा १७ ट्यांकर डिजेल, ७ ट्यांकर पेट्रोल, २ ट्रक औषधिसहित १ सय ६६ मालबाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।

भैरहवा–सुनौली नाकाबाट भने सोमबार इन्धनबाहेकका मालबाहक गाडी मात्र नेपाल भित्रिए ।

यस्तै, नेपालगन्ज–रुपैडिहा नाकाबाट सोमबार साँझसम्म ६ बुलेट ग्याससहित ६० ओटा मालबाहक गाडी नेपाल भित्रिए ।

धनगढीको गौरीफन्टा नाकाबाट बिना अवरोध गाडी नेपाल भित्रिरहेका जनाइएको छ । वीरगन्ज–रक्सौल नाका भने अझै सन्चालनमा आउन सकेको छैन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411