​गौमुखी विकास बैंकले २२ प्रतिशत लाभांश दिने प्रस्ताव

बुद्धबार, मंसिर २३, २०७२ साल,
काठमाडौं । गौमुखी विकास बैंक लिमिटेडले २२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको हालै बसेको बोर्ड बैठकले गत आर्थिक बर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक बर्षमा एक करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  प्रस्तावीत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । प्युठान एक जिल्ला मात्र कार्यक्षेत्र भएको गौमुखी विकास बैंकको चुक्ता पूँजी ६ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ । बोनस शेयरपश्चात बैंकको चुक्तापूँजी ७ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।

गत असोजमा बैंकले १ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो । यो बैंकले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकसंग मर्जरको लागि सम्झौता समेत गरिसकेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411