​इन्फास्ट्रक्चर डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस सेयर दिने

मंगलवार, मंसिर २२, २०७२ साल,
काडमाडौं । नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको नेपाल क्रेडिट एण्ड कमर्श बैंकसँग गाभिने प्रक्रियमा रहेको इन्फास्ट्रक्चर डेभलपमेण्ट बैंक लिमिटेड ले १३.७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको मंसिर २१ गते बसेको बोर्ड बैठकले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । साथै बैंकले कर प्रयोजनका लागि ५९ लाख ६६ हजार ९५८ रुपैयाँ बराबरको नगद लाभांश समेत वितरण गर्ने जनाएको छ ।

बैंकले गतबर्षको नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्षमा १० करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । प्रस्तावीत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

८२ करोड ७५ लाख चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर पश्चात चुक्ता पूँजी करिब ९५ करोड रुपैंया पुग्नेछ । बैंकले चालु आर्थिक वषको पहिलो त्रैमासमा भने १ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा बैंकले ५ अर्ब ४९ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलनगरि ४ अर्ब ७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चालु बर्षको पहिलो त्रैमाससम्ममा निष्कृय कर्जा १ दशमलव १५ प्रतिशत घटाएर २ दशमलव २८ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर आम्दानी १।९५ रुपैयाँ रहेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411