​होटलको नगद लाभांस बितरण शुक्रबारदेखि

बिहीवार, माघ ८, २०७१ साल,
काठमाडौं माघ ८ । पाँच तारे होटल सोल्टीको गत पुस २७ गते सम्पन्न ४० औं साधारणसभाले पारित गरेको १७.८९ प्रतिशत नगद लाभांस माघ ९ गतेदेखि वितरण गरिने भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय ताहाचलबाट सेयरधनीले लाभांसवातपको चेक तथा नगद लिन सक्नेछन । शनिबार आइतबार र अन्य विदाको दिनबाहेक दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीले एक सूचना प्रकाशिन गरी लाभांस लिन आउँदा सेयरधनी प्रमाणपत्रको सक्कल तथा त्यसको प्रतिलिपि साथमै बोक्नुपर्ने भनेको छ ।

त्यसैगरी आफैं उपस्थित हुन नसक्ने सेयरधनीले प्रतिनिधिमार्फत रितपूर्वक अख्तियारीनाम दिई लाभांस प्राप्त गर्न सक्नेछन । होटलले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दोहोरो अंकको प्रतिफल दिएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411