स्टान्डर्ड चार्टर्ड बैंकले १५ प्रतिशत बोनस सेयर र २७ प्रतिशत नगद लाभांस दिने

सोमबार, मंसिर २१, २०७२ साल,
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक नेपालले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २७.११ प्रतिशत नगद लाभांस दिने प्रस्ताब गरेको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको ३३७औं बैठकले यस्तो प्रस्ताब गरेको हो ।  सञ्चालक समितिको उक्त प्रस्ताब नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंककै आगामी साधारणसभाले स्वीकृति गरेपछि मात्रै वितरण गरिने छ ।

गत वर्ष बैंकले १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफाबाट बैंकले ३३ करोड ६० लाख रुपैयाँ बराबरका बोनस सेयर दिने प्रस्ताब गरेको हो । बैंकको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुग्ने छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नियामक नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने घोषणा गरेको थियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग चुक्ता पुँजी बढाउने योजना पनि मागेको थियो ।  भदौ मसान्तभित्रमा अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पुँजी बढाउने प्रस्ताब पेस गरिसकेका छन् । स्टान्डर्ड चार्टड बैंक र नेपाल एसबिआइ बैंकले भने ले पुँजी वृद्धि योजना बुझाउने समयावधि तीन महिना थप गर्न माग गरेका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411