​मेगा बैंकको १० प्रतिशत बोनस दिने प्रस्ताव, चुक्ता पूँजी २ अर्ब ८७ करोड पुग्ने

सोमबार, मंसिर २१, २०७२ साल,
काठमाडौं । मेगा बैंकले साढे दश प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको बोर्ड बैठकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । वोनस सेयरपछि बैंकको चुक्ता पूँजी २ अर्ब ८७ करोड रुपैंया पुग्नेछ ।

 बैंकले गतबर्षको नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्ष ३४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

प्रस्तावीत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकसँग अहिले २ अर्ब ६१ करोड रुपैंया चुक्ता पुँजी छ । वोनस सेयरपछि बैंकको चुक्ता पूँजी २ अर्ब ८७ करोड रुपैंया पुग्नेछ ।बैंकले मर्जर र हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने योजना बनाएको छ ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ८ करोड ४३ लाख खुद नाफा गरेको थियो । यसअवधिमा बैंकले निस्क्रिय कर्जाको अनुपातलाई भने घटाएकोछ । निक्षेप संकलन र कर्जा प्रबाह रकम भने बढेको छ ।

आगामी आर्थिक वर्षमा २ अनुपात १ का आधारमा बैंकले १ अर्ब ४३ करोड रुपैंयाको हकप्रद शेयर निष्काशन गर्ने छ भने त्यस पछि ३४ करोड रुपैंयाको बोनस शेयर बितरण गर्नेछ । ४ अर्ब ६५ करोड रुपैंया चुक्ता पूँजी पुगे पछि मेगाले ३ अर्ब रुपैंया चुक्ता पूँजी भएको बैंकसंग मर्जमा जाने बैंकको योजना छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411