काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले १६.७५ प्रतिशत वोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पुँजीको करिव १७ प्रतिशत वोनस सेयर दिन लागेको हो ।
अहिले कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ । वोनस सेयर वितरणपछि पुँजी २३ करोड ३५ लाख रुपैयाँ पुग्ने छ । ४९ प्रतिशत सर्वसाधारणमा सेयर रहेको कम्पनीले दुई वटा विकल्पबाट पुँजी ८० करोड पुर्याउने योजना बनाएको छ ।
कम्पनीले पहिलो विकल्पमा बाणिज्य बैंकसँग गाभिने र दोस्रोमा त्यो नभए वोनस सेयर र अर्को आफुजस्तै संस्था गाभ्दै दुई बर्षमा ८० करोड पुँजी पुर्याउने जनाएको छ ।
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »