
काठमाडौं । कसमस डेभलपमेन्ट बैंकको पाँचौं बार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ । साथै बैंकले बोनस शेयर पश्चात हुने शेयर पुँजीमा १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।
हकप्रद शेयर जारी पश्चात बैंकको चुत्ता पूँजी दश करोड छ लाख पच्चीस हजार रुपैयाँ पुग्नेछ । मंसीर १९ गते शनिबार सम्पन्न बैंकको पाँचौं बार्षिक साधारण सभाले शेयरधनीलाई १५ प्रतिशत बोनस सेयर बाड्ने प्रस्ताव पारित गरेको हो । सो अवसरमा बैंकका अध्यक्ष प्रा डा टेकनाथ ढकालले बोनस शेयर पश्चात हुने शेयर पुँजीमा १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने बताए । यसरी हकप्रद शेयर जारी पश्चात बैंकको चुत्ता पूँजी दश करोड छ लाख पच्चीस हजार रुपैयाँ पुग्नेछ ।
साधारण सभाले संस्थापक शेयरधनीको समुहवाट ५ जना संचालकहरु सर्बसम्मत निर्वाचित गरेको छ । प्रा डा टेकनाथ ढकाल, कृष्ण बहादुर थापा, हरी अर्याल, शुशिल काजी बानिया र रामजी प्रसाद अधिकारी सर्बसम्मत निर्वाचित भएका हुन् ।
बैंकले गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हरमटारीमा प्रधान कार्यालयका साथै आरुघाट, घ्याम्पेसाल र पालुङटारमा गरी ३ वटा शाखा कार्यलय, छेवेटारमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ ।