​गरिमा विकास बैंक र बेष्ट रेमिटबीच रेमिट्यान्स सम्झौता

आईतवार, मंसिर २०, २०७२ साल,
काठमाडौँ । बेष्ट रेमिट नेपाल र मध्यपश्चिमाञ्चलको पोखरामा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ।
 
सो सम्बन्धि सम्झौतापत्रमा बेष्ट रेमिटका तर्फबाट प्रबन्ध निर्देशक श्याम तामाङ र गरिमा बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सयुक्तरुपमा हस्ताक्षर गरेका थिए।  
 
यो सम्झौतासँगै अब विश्वका विभिन्न देशबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स गरिमा बिकास बैंकका २६ वटा शाखाबाट भुक्तानी लिन सकिने जनाइएको छ।
 
विशेषगरी वैदेशिक रोजगारीमा धेरै नेपाली गएका कास्की, बाग्लुङ, पर्वत, नवलपरासी, स्याङजा, तनहु जस्ता क्षेत्रमा शाखा संजाल रहेको गरिमा विकास बैंकसँगको सम्झौताले त्यस भेगमा रहेका आफ्ना सेवाग्राहीहरुलाई थप सहजता मिल्ने विश्वास लिएको बेष्ट रेमिटका प्रबन्ध निर्देशक श्याम तामाङले बताए । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411