​मेगा बैंकको २९औँ शाखा अछामको साँफेबगरमा

आईतवार, मंसिर २०, २०७२ साल,
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले अछाम जिल्लाको साँफेबगरमा आफ्नो २९औँ शाखा विस्तार गरेको छ । दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा अछामको साँफेबगरमा शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

साँफेबगरमा निजी क्षत्रको बाणिज्य बैंक खुलेको यो पहिलो हो भने अछाम जिल्लाभरमा निजी क्षेत्रको बाणिज्य बैंकको शाखा विस्तार भएको दोस्रो हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सक्षम परियोजनासँगको आर्थिक तथा प्राविधिक साझेदारीमा ग्रामीण क्षेत्रमा बैंकहरुको विस्तार भइरहँदा दुर्गम क्षेत्रमा बैंकिङ सुविधा पुर्‍याउने राष्ट्र बैंकको प्रतिबद्धता पूरा भइरहेको बताए ।

सक्षम एक्सिस टू फाइनान्स कार्यक्रमका टिम लिडर बलजित बोहराले मेगा बैंकसँगको साझेदारीमा नेपालका ग्रामीण क्षेत्रमा शाखा विस्तार तथा शाखारहित ट्याब बैंकिङ सुविधा विस्तार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । साँफेबगर क्षेत्रमा बैंकिङ सुविधा विस्तार गर्न यो समझदारीले मद्दत मिल्ने उनको विश्वास छ ।

मेगा बैंकका डेपुटी सिइओ चन्द्र भट्टले सम्पूर्ण नेपालीहरुलाई बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुसार सक्षम परियोजनासँगको साझेदारीमा मेगा बैंकले सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि शाखा तथा शाखारहित सेवा विस्तार गर्न लागेको जानकारी दिए ।

सक्षम कार्यक्रम युके एडको सहायतामा संचालन भइरहेको छ । लुइस बर्जरले स्वदेशी तथा विदेशी संघसंस्थाको साझेदारीमा संचालन गरिरहेको सक्षम परियोजना नेपालमा डीएफआइडीमार्फत संचालित छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411