​छिमेक लघुवित्तले ४० प्रतिशत बोनस सहित ५२ प्रतिशत लाभांस दिने

आईतवार, मंसिर २०, २०७२ साल,
काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले आफ्ना शेयरधनीहरुलाई ४० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको को गत बुधबार बसेको १ सय ७१ औं बैठकले १२ दशमलव ७ प्रतिशत नगद लाभांस समेत बितरण गर्ने प्रस्ताव गरेको छ ।

 लाभांसको उक्त प्रस्तावलाई बैंकले राष्ट्र बैंक पठाएको छ । राष्ट्र बैंकबाट स्वीकृति पाए पछि बैंकले आगामी पुस १६ गतेका लागि निर्धारण गरेको चौधौं वार्षिक साधारण सभाबाट लाभांस बितरण गर्नेछ । यसका लागि बैंकले यहि मंसिर २५ गतेदेखि पुस १६ गतेसम्म शेयरधनी पुस्तिका बन्द गर्ने निर्णय समेत गरेको छ ।

हाल नेप्सेमा २० लाख ९८ हजार ६ सय ९९ कित्ता शेयर सुचिकृत भएको बैंकको प्रति कित्ता शेयर १ हजार ६ सय ९५ रुपैंयामा किनबेच भैरहेको छ । गत आर्थिक वर्षमा मात्र बैंकको प्रतिशेयर आम्दानी १ सय १ रुपैंया कायम भएको बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिशेयर आम्दानी ९९ रुपैंया ७२ पैसा छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १० करोड ५४ लाख रुपैंया खुद नाफा कमाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411