प्राइम कमर्सियल बैंकले १८ प्रतिशत वोनस सेयर दिने
आईतवार, मंसिर २०, २०७२ साल,

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले १८.९५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । बैंकले १८ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो ।
बैंकसँग अहिले तीन अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी छ । १८ प्रतिशत वोनस सेयरपछि चुक्ता पुँजी तीन अर्ब ७० करोड रुपैयाँ पुग्ने छ ।
बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि बार्षिक साधारणसभाले पारित गर्नु पर्छ । बैंकले आगामी दुई बर्षभित्र आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ ।
बैंकले केही विकास बैंक र बाणिज्य बैंकसँग मर्ज गर्ने, वोनस सेयर वितरण गर्ने तथा अपुग रकम हकप्रद सेयर जारी गरेर पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने योजना बनाएको छ ।