​भृकुटीमण्डपमा फागुन ६ गतेदेखि राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने

बिहीवार, माघ ८, २०७१ साल,
काठमाडौ माघ ८ । राजधानीको भृकुटीमण्डपमा फागुन ६ गतेदेखि राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने भएको छ ।

विहीवार उद्योग मन्त्रालयमा उद्योगमन्त्री महेश बस्नेतलाई घरेलु विकास समितिका उप कार्यकारी निर्देशक नारायण लामिछानेले प्रर्दशनी तयारी, व्यवस्थापन लगायतको विषयमा जानकारी गराए ।

"Made in Nepal मा गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ " भन्ने मूल सन्देशका साथ आयोजना हुन लागेको सो प्रर्दशनीमा ७५ जिल्लाबाट दुई उद्यमीका दरले सहभागिता जनाउने छन् । सो प्रर्दशनीमा दुई सयभन्दा बढि स्टल रहने आयोजक संस्था घरेलु विकास समितिले जानकारी दिएको छ ।

घरेलु विकास समितिका उप कार्यकारी निर्देशक नारायण लामिछानेले प्रर्दशनीमा लघु, घरेलु तथा साना उद्योगका साथै नविकरणीय उर्जाको स्टल समेत रहने जानकारी दिए । फागुन १० गतेसम्म सञ्चालन हुने प्रर्दशनीमा पुष्प व्यवसाय र वनस्पती व्यवसायका स्टल समेत समावेश गरिने छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411