भार्गव विकास बैंकले २० प्रतिसत बोनस सेयर दिने
शुक्रबार, मंसिर १८, २०७२ साल,

काठमाडौं । भार्गव विकास बैक लिमिटेडले २० प्रतिसत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिले २० प्रतिसत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । नगद कर प्रयोजनका लागि मात्रै हो ।
बैंकको गत साता बसेको सञ्चालक समितिको बैठकले २० प्रतिसत लाभांस दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको अनुमति र आगामी साधारण सभाबाट पारित भएपछि यो सेयर वितरण हुनेछ ।
नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको यो बैकले हालसम्म एक अर्ब २० करोड निक्षेप संकलन गरी ९० करोड कर्जा प्रवाह गरेको छ । बाँके, दाङ्ग र बर्दिया गरी तिन जिल्ला कार्यक्षेत्र रहेको बैंकको ६ वटा शाखा रहेको र निष्कृय कर्जा ०.१८ प्रतिशत मात्र रहेको जानकारी दिएको छ ।