टुरिजम डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंकलाई खरिद गर्ने सम्झौता
शुक्रबार, मंसिर १८, २०७२ साल,

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंकलाई प्राप्ती (खरिद) गर्ने भएको छ । यस विषयमा दुबै बैंकबीच बिहीबार सम्झौता भएको छ ।
यसैबीच टुरिजम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १६.८४ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको १४३औं बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले गत वर्षको सञ्चित नाफाबाट चुक्ता पूाजीको १६ प्रतिशतले हुने १० करोड ८५ लाख ४४ हजार रुपैयाा बराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.८४१२ प्रतिशतले हुने ५७ लाख १२ हजार ८४२ रुपैयाा नगद लाभांस वितरण गर्ने भएको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीलाई वितरण गरिने छ ।