​सुदुरपश्चिम क्षेत्रमा ग्लोबलको थप तीन शाखारहित बैङ्किङ सेवा शुरु

बिहीवार, मंसिर १७, २०७२ साल,
काठमाडौं । सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम सँगको सहकार्यमा ग्लोबल आइएमई बैङ्कले सुदूरपश्चिमाञ्चल क्षेत्रमा थप तीन शाखारहित बैङ्किङ्ग सेवाको शुरुवात गरेको छ ।

बैङ्किङ सेवाको पहुँचबाट टाढा रहेका बैतडीको देउलेक वडा नं ३, डडेलधुराको आलीताल  वडा नं ५ र मष्टमाडौँ  वडा नं ६ मा आधारभुत बैङ्किङ सेवा पुर्याउने उद्धेश्यले शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको बैङ्कले बताएको छ । बैङ्किङ् सेवा उपभोग गर्न सर्वसाधारणले टाढा सम्म धाउनुपर्ने बाध्यतालाई ध्यान दिंदै बैङ्कले शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेपछि त्यहाँका स्थानीय बासिन्दामा खुसी छाएको छ ।

बैङ्कले शुरु गरेको शाखारहित बैङ्किङ सेवाका लागि हरिश कार्की, तेज राज भट्ट र सुरेश शाहीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । सुदूरपश्चिम क्षेत्रका बासिन्दालाई वित्तीय सेवा पुर्याउने उद्धेश्यले बैङ्कले सक्षम कार्यक्रमसँगको सहकार्यमा यसअघि बैतडी र डडेलधुरा जिल्लामा २ एक्सटेन्सन काउण्टर र तीन शाखारहित बैङ्किङ सेवा मार्फत आफ्नो सेवा सञ्चालन गरिसकेको छ ।

बैङ्कको शाखारहित बैङ्किङ सेवामा पैसा जम्मा गर्ने, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा रहेको विज्ञप्तिमा भनिएको छ ।

बैङ्कले ८८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ९३ एटिएम, ४० शाखारहित बैङ्किङ सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दे आईरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411