​स्टान्डर्ड चार्टर्ड बैंक अफ दि इयरबाट सम्मानित

बिहीवार, मंसिर १७, २०७२ साल,
काठमाडौं । बैंकिङ क्षेत्रमा संन्सारकै चर्चित र सम्मानित अवार्ड स्टान्डर्ड चार्टर्ड बैंक नेपालले पाएको छ । चार्टर्ड ‘बैंक अफ दि इयर–२०१५’ बाट सम्मानित भएको हो ।

सन्सारकै चर्चित बैंकर म्यागेजिनले बार्षिक रुपमा प्रदान गर्ने यो अवार्डमा सन्सारभरीकै बैंकहरुले प्रतिस्पर्धा गर्छन् । बैंकर म्यागेजिन १८० देशमा पढिन्छ ।

बैंकले यस बर्ष बैंक अफ दि इयरका साथै २०१५ युरोमनी अवार्डस फर एक्सिलेन्स, वल्र्ड वेस्ट इमेर्जिङ मार्केट बैंक्स फर २०१५ र वल्र्डस वेस्ट कन्जुमर डिजिटल बैंकिङ अवार्ड प्राप्त गरिसकेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपालले यसअघि पनि तीन पटक बैंक अफ दि अवार्ड प्राप्त गरिसकेको छ । बैंकले सन् २००२, २००९ र २०१३ मा यो अवार्ड  प्राप्त गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले अवार्ड प्राप्त गरेपछि खुसी भएको प्रतिकृया दिँदै नेपालमा सकारात्मक भूमिका खेलेको बताएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411