नेप्से परिसूचक ३.५६ अङ्क घटेर ९५९.२४ मा पुग्यो

बिहीवार, माघ ८, २०७१ साल,
काठमाडौं माघ ८ । साप्ताहिक व्यापारको अन्तिम दिन नेप्से परिसूचक ३ दशमलव ५६ अङ्क (शून्य दशमलव ३७ प्रतिशत) घटेको छ । बिहीवार अघिल्लो दिनको बन्द विन्दु ९९ सय ६२ दशमलव ८० बाट बजार खुलेको हो । बजार खुलेदेखि घट्न थालेको नेप्से परिसूचक ९ सय ४९ दशमलव ८६ सम्म ओर्लिएको थियो । यो अघिल्लो दिनको बन्द विन्दुभन्दा १३ अङ्क तल हो । त्यसपछि, १ बजेबाट सम्हालिँदै उकालो लाग्न थालेको नेप्से परिसूचक ९ सय ५९ दशमलव २४ मा पुगेर बजार बन्द भयो ।

बिहीवार जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ३३ प्रतिशतले घटेको छ । त्यसैगरी, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ५१, उत्पादन तथा प्रसोधन शून्य दशमलव १८, ‘अन्य’ शून्य दशमलव १६, विकास बैङ्क शून्य दशमलव १५ र वित्त कम्पनी शून्य दशमलव १३ प्रतिशतले घटेको छ । सो दिन होटेल समूहको परिसूचक शून्य दशमलव २५, बीमा शून्य दशमलव १४ प्रतिशतले बढेको छ ।

सो दिन नेप्सेमा १ हजार ९ सय ७० व्यापारबाट १ सय २७ कम्पनीको ६ लाख ६७ हजार कित्ता शेयर खरीदविक्री भयो । जसबाट रू। २३ करोड ८६ लाख रकम परिचालन भयो भने रू। ९ खर्ब ८३ अर्बको कुल बजार पूँजीकरण भयो । सो दिन नेशनल लाईफ इन्स्योरेन्सको सर्वाधिक रू. १ करोड ३८ लाख बराबरको शेयर खरीदविक्री भयो । विहीवार भारगभ विकास बैङ्कको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९५ प्रतिशतले बढ्यो । त्यसैगरी, हिमालयन डिष्टिलरीको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९ प्रतिशतले घट्यो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411