
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले चालु आर्थिकबर्षको पहिलो त्रैमाससम्ममा १ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो गत बर्षको यहि अवधिको तुलनामा १५६ प्रतिशत भन्दा धेरै हो । गतबर्षको यहि अवधिमा बैंकल ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा बढेत्तरी भएपछि नाफामा उल्लेख्य सुधार आएको हो । गतबर्षको पहिलो त्रैमासमा १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु बर्षको यसै अवधिमा १९ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ । गतबर्ष नोक्सानमा रहेको संचालन मुनाफा समेत बढेर १ करोड ४९ लाख रुपैयाँ पगेको छ ।
५५ करोड चुक्ता पूँजी रहेको बैंकले यसअवधिमा निक्षेप १ अर्ब ४७ करोड २८ लाख रुपैयाँ पुर्याएको भने ५ अर्ब ६४ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा ९.०९ प्रतिशतबाट घटेर ६ दशमलव ८३ प्रतिशतमा झरेको छ ।
मर्ज प्रयोजनका लागि दुई वर्ष भन्दा धेरै समय रोकिएको ग्रामीण विकास बैंकको सेयर कारोबार अघिल्लो मंगलबारबाट खुला भएको छ । अहिलो यो बैंकको शेयर मूल्य दैनिकजसो दश प्रतिशतका दरले बढेर प्रतिकित्ता १९० रुपैयाँको हाहारीमा पुगेको छ ।
सरकारी लगानीमा स्थापना भएका सुदूर पश्चिमाञ्चल ग्रामीण विकास बैंक, मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल र पुर्वाञ्चल ग्रमीण विकास बैंक मर्ज भएर यो बैंक बनेको हो ।