​प्रभु र नेष्डोबीच रेमिट्यान्स सम्झौता

बुद्धबार, मंसिर १६, २०७२ साल,
काठमाडौ । प्रभु मनि ट्रान्स्फर र राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्ड) नेपालबीच रेमिटेन्स सम्झौता भएको छ ।

सम्झौतामा प्रभु मनि ट्रान्स्फरका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र नेष्डो नेपालका योजना प्रमुख युधिष्ठिर भुसालले हस्ताक्षर गरे ।

पर्वतको कुस्मामा प्रधान कार्यायल रहेको नेष्डो नेपालले पर्वत, कास्की, स्याङ्जा, पाल्पा, तनहु गोरखा, लमजुङ, चिनवन, नवलपरासी र वाग्लुङ जिल्लामा ४३ वटा शाखाबाट रेमिट्यान्स सेवा प्रदान गर्नेछ ।

ग्रामीण भेगका ग्राहकहरुलाई लक्षित गरी कम्पनीले सेवा विस्तार गरेको जनाएको छ । नेष्डो नेपालसँगको समझौता पछि विभिन्न जिल्लाका ग्रामीण भेगका नागरिकले सजिलो रुपमा रेमिटेन्स सेवा उपभोग गर्न सक्ने सापकोटाले बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411