एनसेलले अबैध सेवा संचालन गरेपछि कारबाहीमा, पाँच लाख जरिवाना, तत्कालै सेवा बन्द गर्न निर्देशन

बुद्धबार, मंसिर १६, २०७२ साल,
 
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति नलिई गैरकानुनी रुपमा सेवा सञ्चालन गरेको भन्दै एनसेललाई कारबाही गरेको छ । एनसेलले अनुमतिबीना अप्टिकल फाइबर केबुल नेटवर्क प्रयोग गरेर ‘सिप’ कनेक्टिभिटी मार्फत कल सेन्टरमा टेलिफोन लाइन वितरण गरेको भेटिएको हो ।

एनसेलले २९ वटा ग्राहकलाई अबैध टेलिफोन लाइन वितरण गरिसकेको अनुगमनको क्रममा भेटिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा (२०)विपरित सेवा सञ्चालन गरेकोले सोही दफा ४७ को उपदफा (२) बमोजिम ५ लाख जरिवाना गरी सो सेवा बन्द गराउन निर्देशन दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पाँच लाख रूपैयाँ जरिवाना बुझार्इ तत्काल उक्त सेवा बन्द गरी जानकारी गराउन एनसेललाई  पत्राचार गरिसकेको छ । एनसेलले प्राधिकरणबाट जीएसएम मोबाइल र इन्टरनेट सेवाको मात्र लाइसेन्स ल्याएको छ । टेलिफोन लाइन वितरणका लागि अनुमति नलिएको हुँदा कारबाहीमा परेको हो ।

एनसेलले ताररहित सेवामात्र प्रदान गर्नुपर्नेमा करिव डेढ वर्षदेखि तारसहितको टेलिफोन सेवा पनि प्रदान गरिरहेको भेटिएको हो । प्राधिकरणको अनुगमन टोलीले दुई महिनादेखि एनसेलका सेवाहरुको अनुगमन गरिरहेको थियो ।

एनसेलले टेलिफोन लाइन संस्थालाई वितरण गरेको भेटिएको छ । एनसेलको टेलिफोन सेवा लिनेहरुमा सुबिसु, वल्र्डलिंक, भायोनेट, वेभ सर्फर, जिस होम मिडिया, क्लासिक टेक प्राली, एक्सेस वल्र्ड लगायतका संस्थाहरु रहेका छन् । एनसेलले अबैध टेलिफोन लाइन सबैभन्दा बढी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई वितरण गरेको भेटिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411